२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


पशुपति क्षेत्र विकास कोष राजनीति गर्ने थलो होइन : मन्त्री तामाङ


0
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पशुपति क्षेत्र विकास कोषलाई राजनीति गर्ने थलो बन्न नदिने बताउनुभएको छ ।

शुक्रबार पशुपति क्षेत्र विकास कोषको ३८ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री तामाङले कोषलाई राजनीतिक स्वार्थ पूरा गर्ने थलोको रुपमा हेर्न नहुने बताउनुभएको हो ।

मन्त्री तामाङले विगतमा पशुपति विकास कोष गैरराजनीतिक आध्यात्मिक थलो भएको बताउनुभयो । पछिल्लो समय कोष राजनीति गर्ने थलोको रुपमा प्रयोग भएपनि अब त्यस्तो हुन नदिने प्रतिवद्धता जनाउनुभयो । उहाँले गैरराजनीतिक ठाउँमा आएर राजनीति गर्नाले नेपालको विकास हुन नसकेको दाबी गर्नुभयो । उहाँले पशुपति क्षेत्र विकास कोष गैरराजनीतिक आध्यात्मिक पवित्र थलो भएकाले आफूले धार्मिक उद्देश्य प्राप्तिको निम्ति काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

मन्त्री तामाङले पशुपति क्षेत्र विकास कोषमा राजनीतिक गर्न नहुने विषयमा आफू सचेत रहेको बताउनुभयो । पशुपति क्षेत्र, विश्व सम्पदा सूचिमा सूचिकृत,पूर्वीय दर्शन र पूर्वीय संस्कृतीको महत्वपूर्ण केन्द्र विश्वमा नेपाललाई चिनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेको उहाँको भनाई छ । मन्त्री तामाङले पशुपति क्षेत्रलाई व्यवस्थित प्रवद्र्धन गर्नसके धार्मिक पर्यटकहरुको आकर्षणको केन्द्र बन्ने बताउनुभयो ।

मन्त्री तामाङले करोडौं जनसंख्या भएको हिन्दुधर्मप्रति आस्था राख्ने भारतका हिन्दु धर्मालम्वीहरुलाई सहज रुपमा भित्र्याउन पशुपति क्षेत्रमा धार्मिक पर्यटकका लागि रमणीय भौतिक र आध्यात्मिक परिवेश बनाउन आवश्यक रहेको बताउनुभयो । रमणीय र आध्यात्मिक परिवेश बनाउनसके मुलुकको विकासको लागि आर्थिक उन्नति र प्रगतिमा पशुपति क्षेत्रले अभूर्तपूर्ण योगदान पु¥याउने बताउनुभयो ।