२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


रवि लामिछानेमाथि कांग्रेसले सहकारी ठगीको आरोप लगायो : अध्यक्ष ओली


0
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रधानमन्त्री बन्न गरेको प्रस्ताव अस्वीकार गरेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाएको बताउनुभएको छ ।

पार्टीको काठमाडांै महानगरपालिका कमिटीले शनिवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।

अध्यक्ष ओलीले सहकारी ठगीको आरोप लगाए पनि त्यसको खण्डन संसदमा गर्न उपप्रधानमन्त्री लामिछानेलाई नदिएको जिकिर पनि गर्नुभयो । उहाँले आफूले प्रधानमन्त्री बन्न गरेको प्रस्ताव नमान्दा उपप्रधानमन्त्री लामिछाने कसरी सहकारीको भ्रष्टाचारी भयो ? भनि प्रश्न समेत गर्नुभयो ।

अध्यक्ष ओलीले कंँग्रेसले सत्ता स्वार्थको लागि उपप्रधानमन्त्री लामिछानेले सहकारीमा ठगी गरेको भन्दै हिँडेको पनि बताउनुभयो । कांग्रेसले उपप्रधानमन्त्रीमाथि सहकारी ठगीको आरोप लगाएपनि त्यसको खण्डन गर्नका लागि संसदमा बोल्न नदिएको ओलीको भनाई थियो । उहाँले नेपाली कांग्रेस लोकतान्त्रिक शक्ति नभएको भन्दै उसले सत्ता स्वार्थको लागि जे पनि गर्न थालेको टिप्पणी गर्नुभयो ।

अध्यक्ष ओलीले कांग्रेसले जथाभावी गर्न थालेको उल्लेख गर्दै त्यसलाई सच्याउन पनि एमाले मुलुकको निर्णायक राष्ट्रिय शक्ति बन्नुको विकल्प नभएको बताउनुभयो ।