१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु


0
Shares

काठमाडौं । रातो मत्स्येन्द्रनाथको रथ शनिबारबाट तान्न सुरु गरिएको छ ।

पुलचोकमा निर्माण गरिएको रथ शनिबार बाजागाजासहित गःबहाल पु¥याइएको हो ।

बैशाख १२ गतेबाट शुरु गरिएको रथ निर्माण सकिएपछि वैशाख २७ मा मत्स्येन्द्रनाथलाई रथारोहण गराइएको थियो । रातो मत्स्येन्द्रनाथको रथलाई पाटनका सबै टोल घुमाएपछि असार शुक्ल चौथीमा जावलाखेल पु¥याएर भोटो देखाई अन्त्य गर्ने प्रचलन रहेको छ ।