
काठमाडौं । गएराति काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ । मोरङ घर भइ कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको प्रहरीले जनाएको छ ।
धिमालको हत्यामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । हत्याको कारण भने खुलेको छैन ।
धिमाललाई गएराति नै सिनामंगलस्थित केएमसी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्