१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालले दिएको राजीनामा स्वीकृत


1.3k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा. चिरञ्जीवी नेपालको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार नेपालले दिएको राजीनामा राष्ट्रपतिबाट आइतबार स्वीकृत भएको हो ।

सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेपछि नेपालले त्यसप्रति असन्तुष्टि प्रकट गरेका कारण उहाँ विवादित हुनु भएको थियो । यस विषयमा राष्ट्रपति स्वयंले उहाँसँग सोधपुछ गर्नुभएके थियो ।

गत वैशाख २० गतेको मन्त्रिपरिषद बैठकले कालापानी, लिपुलेक भूभागलाई समेटेर जारी गरिएको नयाँ नक्सा एक रुपैयाँको नोटमा राख्ने निर्णय गरेको थियो ।