२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


चितवनमा विद्यार्थी लिन गएको बसमाथि आगजनी


6.812k
Shares

काठमाडौं । चितवनमा विद्यार्थी लिन गएको बसमाथि अज्ञात समूहले आगजनी गरेको छ ।

चितवनको ददेरीस्थित लिटिल एन्जलस स्कूलअन्तर्गत स्मल हेवेन मोर्डन स्कूलको बसमा आगजनी भएको हो ।

आइतबार बिहान स्कुलबाट झण्डै सात किलोमिटर टाढा विद्यार्थी लिन जाँदा बसमा अज्ञात समूह प्रवेश गरी चालक र सहचालकलाई गाडीबाट ओरालेर आगजनी गरेका हुन् ।

आगजनीबाट बस पूर्णरूपमा क्षति भएको छ । आगजनी गर्ने समुहको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।