२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो समितिको बैठक बस्दै


338
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो समितिको बैठक आज बस्दैछ ।

बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बस्नेछ । बैठकमा पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनसहितका मस्यौदामा छलफल हुनेछ ।

बैठकमा पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रतिवेदनको मस्यौदा प्रस्तुत गरिनेछ । एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदैछ ।