
काठमाडौं । बागमती प्रदेशसभामा रिक्त भएका पाँच वटा विषयगत समितिका सभापति पदका लागि आगामी जेठ ४ गते निर्वाचन गर्ने विषयमा दलहरुबीच सहमति भएको छ ।
सभापति पदमा सर्वसम्मतको प्रयास गरिए पनि सहमति हुन नसकेपछि जेठ ४ गते निर्वाचन गर्ने दलहरुबीच सहमति भएको जनाइएको छ ।
प्रदेशसभामा आज बैठक बस्नु अघि प्रदेशसभा कार्य परामर्श व्यवस्थापन समितिको बैठक बस्नेछ । साथै सहमति भएअनुसार विभिन्न समितिको सभापति पदका लागि निर्वाचनको प्रक्रिया सुरु गरिनेछ ।
बागमती प्रदेशसभाअन्तर्गतका सभापति चयन हुन सकेका समितिमा प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्