
फाइल तस्बिर
काठमाडौँ । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिनुभएको छ । यसैगरि वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिनुभएको छ ।
यादव र कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएको उपप्रधानमन्त्री यादवका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिनुभयो ।
मधेश प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले जसपा नेपाल नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएपछि केन्द्रमा यादवले राजीनामा दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्