१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


यसै हप्ताभित्र सरकार बिस्तार हुन्छ : मुख्यमन्त्री कार्की


0
Shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले यसै हप्तामा सरकार विस्तार हुने बताउनुभएको छ ।

सोमबार कोशी प्रदेश सभाको बैठकमा विश्वासको मत पाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताउनुभएको हो ।

मुख्यमन्त्री कार्कीले सरकार बिस्तारबारे केही सैद्धान्तिक कुराहरु भइसकेको र त्यसकै आधारमा यही हप्तामा सरकार विस्तार गर्ने बताउनुभयो । कार्कीले ५७ मत प्राप्त गर्नुभएको थियो । प्रदेश सभा बैठकमा उपस्थित ६२ जना सांसदमध्ये ५७ जनाले उहाँलाई समर्थन गरेका थिए । नेकपा एमालेका ४०, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एकीकृत समाजवादी) का ३, जसपाका १ सांसदले समर्थन गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ जना सांसद तटस्थ थिए । बहुमत गुमाएका दिन कि विश्वासको मत लिनुपर्ने की राजीनामा दिनुपर्ने वा अर्को सरकार बनेपछि स्वीकार्नुपर्ने कुरामा आफूहरु स्पष्ट रहेको बताउनुभयो ।

सर्वोच्च अदालतले अल्पकालीन आदेश नगरेको र रिट जारी पनि नगरेको तथा कुनै कामकाज नरोक्नु भनेकाले कामकाज नरोकेको स्पष्ट पार्दै सर्वोच्चले भविष्यमा गर्ने कुनैपनि फैसला आफूहरुले मान्ने बताउनुभयो ।