२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


स्वास्थ्य मन्त्रीमा यादव र राज्यमन्त्रीमा खानद्वारा शपथ ग्रहण


0
Shares

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

सोमबार नवनियुक्त मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाउनु भएको हो ।

त्यस्तै, राज्यमन्त्रीमा जसपाकै हसिना खानले शपथ लिनुभएको छ ।