१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


नेपाली काँग्रेसको संसदीय दलको बैठक बस्दै


0
Shares

काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।

सोमबार बस्ने भनिएको बैठक स्थगित गरि आज बिहान ८ बजेका लागि सारिएको हो । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने जनाइएको छ ।

सहकारी ठगीमा संसदीय छानबिन समिति गठन गर्ने काँग्रेसको मागलाई सत्तारुढ पक्षले असम्भव भनेकाले काँग्रेसले आजको बैठकबाट थप रणनीति बनाउने प्रयासमा छ ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता रहेको भन्दै छानबिन गर्न संसदीय समिति गठन नभए नीति तथा कार्यक्रम पेस गर्न नदिने काँग्रेसले तयारी गरेको छ ।