२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नेकपा (एकीकृत समाजवादी)को केन्द्रिय कमिटीको बैठक बस्दै


273
Shares

काठमाडौं । आज नेकपा एकीकृत समाजवादी) को केन्द्रिय कमिटीको बैठक बस्दैछ । बैठक आजबाट ललितपुरमा शुरु हुनेछ ।

बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनमा पेश हुने राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ । बैठक बिहान ११ बजेबाट शुरु हुन लागेको हो ।

दुई दिनसम्म चल्ने सो बैठकले महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम र विधान संशोधनका विषयमा छलफल गरी टुंगो लगाउनेछ ।