१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कर्जा प्रवाहमा सिमा, मागको कमी र अन्तराष्ट्रिय असरका कारण अर्थतन्त्रमा असहजता आयो : उपसभापति वाग्ले


468
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले कर्जा प्रवाहमा गरिएको रोक, मागको कमी र अन्तर्राष्ट्रिय असरका कारण मुलुकको अर्थतन्त्रमा शिथिलता आएको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै डा.वाग्लेले यस्तो बताउनुभएको हो । उहाँले अर्थतन्त्रमा मुलुकको अर्थतन्त्रमा मुख्य तीन कारण असहजता आएको दाबी गर्नुभयो । उहाँले राष्ट्र बैंकले कर्जा प्रवाहमा गरेको सिमा, बजारको मागमा आएको कमी तथा अन्तर्राष्ट्रिय असरको भएको उल्लेख गर्नुभयो ।

डा.वाग्लेले बजारमा मागको कमी करिव १० लाख नेपाली युवाहरु विदेश पलायन भएकाले असर परेको बताउनुभयो । उहाँले अनौपचारिक तथ्याङ्क हेर्दा पनि ल्यापटपको बिक्री, कस्मेटिक्सको बिक्रीसमेत कम भइरहेको दाबी गर्नुभयो । उहाँले माइक्रो स्तरमा हे¥यो भने पनि युवा पलायनसँग मागमा आएको ग्यापसँग जोडिएको बताउनुभयो । उहाँले राष्ट्र बैंकले अर्थमन्त्रालयलाई दिएका सुझावहरु परम्परागत नै रहेको बताउनुभयो ।

डा.वाग्लेले सहरकारी र लघुवित्तको समस्या राजनीतिक प्रतिशोध साँध्ने र कुनै व्यक्तिलाई खुइल्याउने काम भइरहेको भन्दै अब समस्या समाधानको बाटोमा जान आवश्यक रहेको भन्दै आफू शुरुवाती दिनदेखि समाधानमा केन्द्रित भएको बताउनुभयो ।

उहाँले विदेशी मुद्रा सञ्चिति १४.४ अर्ब डलर भएपनि सार्वजनिक वित्तको चाप रहेको बताउनुभयो । उहाँले राजश्व १४ सय २२ अर्ब उठाउने भनेकोमा अहिले ८२० मात्रै भएको भन्दै १ हजार माथि पुग्न मुस्किल रहेको बताउनुभयो ।

डा.वाग्लेले आगामी बजेट २२ खर्बको ल्याउने प्रधानमन्त्रीले भने पनि हिसाव नमिल्ने धारणा राख्नुभयो । उहाँले आगामी बजेट अब टेडिस्नल फ्रेर्मवर्क भन्दा बाहिरका फाइनान्सहरु स्रोतहरुमा जानुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

डा.वाग्लेले भन्नुभयो, ‘मुलुकको अर्थतन्त्रमा मुख्य तीन कारण असहजता आएको हो । राष्ट्र बैंकले कर्जा प्रवाहमा गरेको रोक हो । जुन त्यो समयमा आवश्यक पनि थियो । कुन गतिमा गर्नुपर्छ भन्ने विवादको विषय भयो । समग्रमा नीति ठिक थियो । दोस्रो बजारमा मागमा कमी आएको छ । जसमा करिब १० लाख नेपाली युवाहरु विदेश पलायन भएका छन् । त्यसले मागमा असर परेको छ । अनौपचारिक तथ्याङ्क हेर्दा पनि ल्यापटपको बिक्री, कस्मेटिक्सको बिक्रीसमेत कम भइरहेको छ । राष्ट्रिय तथ्याङ्कमा यस्ता कुराहरु आउँदैनन् ।’

डा.वाग्लेले डोजरे विकासबाट रिटर्न शुन्य भएका आयोजनाहरुमा लगानी गर्न नहुने बताउनुभयो । उहाँले राष्ट्र बैंकले अध्ययन गरेर स्टेवल फण्ड बनाउने विषयमा केन्द्रित हुन आवश्यक रहेको बताउनुभयो ।