२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


नेपाली काँग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने


338
Shares

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्न दिने जनाएको छ ।

संसदीय दलको कार्यालय सिंहदरबारमा बसिरहेको कांग्रेस संसदीय दलको बैठकमा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने विषयमा सहमति भएको छ । नीति तथा कार्यक्रम प्रस्तुत भएपछि भने आफ्नो माग पूरा नभएसम्म अवरोध कायम राख्ने बताइएको छ ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै आएको छ । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली काँग्रेसका नेताहरूसँगको छलफलमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिन आग्रह गर्नुभएको थियो । उहाँले छानबिन समिति गठन गर्न आफू सकारात्मक रहेको बताउनुभएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । संयुक्त बैठकपछि साँझ ६ बजे प्रतिनिधि सभाको बैठक बस्नेछ । साँझको बैठक भने अवरोध गर्ने कांग्रेसले जनाएको छ ।