१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१६ औं पञ्चवर्षीय योजना पारित


0
Shares

काठमाडौं । सरकारले १६ औं पञ्चवर्षीय योजना पारित गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले १६ औं पञ्चवर्षीय योजना पारित गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग बैठकका निर्णय जानकारी गराउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले सरकारले विभिन्न चरणमा छलफल भएर १६ औं योजना पनि पारित गर्ने निर्णय गरेको बताउनुभयो । त्यस्तै सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुहुने आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम पनि पारित गर्ने निर्णय गरेको बताउनुभयो ।

सरकारको तर्फबाट आज ३ बजे राष्ट्रपति पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रश्तुत गर्दै हुनुहुन्छ ।