२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


२०८१/०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा


0
Shares

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदको दुवै सदनमा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको हो ।

राष्ट्रपति पौडेलले आर्थिक वर्ष २०८१/०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारीको लगानी वृद्धि गरिने बताउनुभयो । उहाँले प्रमुख खाद्यन्न तथा तरकारीमा आत्मनिर्भर हुने गरी कृषि क्षेत्रका कार्यक्रमहरुको पुनर्संरचना गरिने समेत बताउनुभयो । राष्ट्रपति पौडेलले कृषि उत्पादनमा आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहित गरिने नीति पनि सरकारले लिएको बताउनुभयो ।

राष्ट्रपति पौडेलले कृषियोग्य भूमिको संरक्षण, नदी किनारसहितका बाँझो तथा नदी उकास जग्गाको सदुपयोग एवं चक्लाबन्दी गरिने बताउनुभयो ।