६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सिन्धुलीको ढुंग्रेवासबाट ठूलो परिमाणमा म्याद नाघेको पेय पदार्थ बरामद


26
Shares

सिन्धुली । सिन्धुलीको दुंग्रेवासमा रहेको कमला सप्लायर्सबाट स्थानिय प्रशासनले ठूलो परिमाणमा म्याद नाघेको पेय पदार्थ बरामद गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीको अगुवाईमा भएको अनुगमनका क्रममा निकै पहिले नै म्याद गुज्रिएको पेय पदार्थको ठूलो भण्डारण फेला परेको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी भरत खनालले बताउनुभयो ।

कमला सप्लायर्सको गोदामबाट ठूलो परिणाममा कोक लगायतका पेय पदार्थ फेला परेपछि सो सप्लायर्सलाई सिल गरिएको छ ।

कमला सप्ला्सका संचालक जयकुमार दाशलाई पक्राउ समेत गरिएको छ ।