
स्याङ्जा । स्याङ्जामा १५ वर्षिय किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।
हरिनास गाउँपालिका ३ सिरिन्डाँडाका २१ वर्षीय रिम बहादुर थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
१५ वर्षीय किशोरीलाई डर, त्रासमा पारी करणी गरेर गर्भवती बनाएको आरोप थापामाथि लगाइएको छ ।
किशोरीका परिवारले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्