
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक पनि अवरोध गरेको छ ।
मंगलबार साँझ ६ बजे बसेको प्रतिनिधि सभाको बैठक कांग्रेसले अवरोध गरेको हो ।
कांग्रेस सांसदहरू सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेका छन् ।
राष्ट्रपतिलाई धन्यवाद दिन राष्ट्रिय सभा बैठक बसेको उक्त बैठक कांग्रेसले अवरोध गरेको छ ।
कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा सभामुख देवराज घिमिरेले बैठक ३ गते बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्