१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा


0
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा मंगलबार पनि हेर्दाहेर्दैमा राखिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको ईजलासमा भएको सुनुवाई नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा परेको हो ।

लामिछानेले दिएको पुनरावेदनमा जवाफी बहस नसकीएपछि मुद्दा हेर्दाहेर्दैमा रहेको र बहस बुधबार पनि निरन्तर हुने पाटन उच्च अदालतका प्रवक्ता विमल पराजुलीले बताउनुभयो ।