१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बबई नदीमा डुबेर दाजुभाइको मृत्यु


1.066k
Shares

काठमाडौं । पौडी खेल्ने क्रममा बबई नदीमा डुबेर दुईजनाको मृत्यु भएको छ । दाङको बबई गाउँपालिका–७ ओदाले घाटमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको हो ।

१८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेश परियारको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ । परिवारसँग भारत बस्दै आएका उनीहरु दुवैजना फूपूको घरमा आएका थिए ।

दिपेशको घटनास्थलमै मृत्यु भएको हो भने दीपकको उपचारका क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो ।