१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबिच भेटवार्ता


546
Shares

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग आज बिहान भेटवार्ता गर्नुभएको छ ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसँग संसदमा जारी गतिरोध र त्यसको निकासका बारेका सभामुख घिमिरेले छलफल गर्नुभएको हो ।

भेटवार्तामा संसद्लाई प्रभावकारी बनाउने र केही समयदेखि भएको संसद अवरोध लगायतका विषयमा छलफल भएको थियो । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन माग गर्दै नेपाली काँग्रेसले संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

मंगलवार पनि प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्न बोलाइएको बैठक काँग्रेसले अवरोध गरेको थियो । राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित गर्न नपाएकाले सभामुखले यसबारेमा प्रधानमन्त्रीसँग छलफल गर्नुभएको हो ।