
काठमाडौं । झापा प्रहरीले लागुऔषध खैरो हेरोइन सहित ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा जिल्ला दमक नगरपालिका वडा नम्बर २ बस्ने वर्ष ४३ का नेत्र थापा, बर्ष २६ का भेष बहादुर भुजेल, बर्ष १९ का किरण थापा र बर्ष २६ का प्रकाश लिम्बु रहेका छन् ।
दमक २ स्थित हिमालय माध्यमिक विद्यालय नजिक बाटोमा मानिसहरुले लागु औषध बिक्री बितरण गर्दै छन भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोली पुगी उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट स–सानो प्लाष्टिकको ३० वटा पोकामा रहेको ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।
तौल गर्दा ब्राउन सुगर ५ ग्राम ५ सय १० मिलिग्राम रहेको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्