२९ फाल्गुन २०८१, बिहिबार | Fri Mar 14 2025


शेयर बजारमा सामान्य अंकको करेक्सन


0
Shares

काठमाडौं । साताको शुरुका तीन दिन लगातार उकालो लागेको शेयर बजारमा बुधबार भने सामान्य अंकको करेक्सन आएको छ ।

दिनभरको उतार चढावका बीच ९ अंकले घट्दै नेप्से २ हजार १७ मा थामिएको छ ।

बजार घट्दा कारोबार रकम पनि खुम्चिएको छ । बुधबार अधिकांश उपसमूह ओरालो लागेको बजारमा उत्पादन र व्यापार उपसमुह भने दोहोरो अंकले बढेको छ ।

यस्तै उपकार लघुवित्त संस्था र युनिक नेपाल लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ । गुराँस लघुवित्तका लगानीकर्ताले भने दश प्रतिशत नै गुमाएका छन् । कारोवार रकमको आधारमा पिपुल्स पावर लिमिटेड र नेपाल फाइनान्स अग्रस्थानमा रहे ।

बुधबार ३ सय १५ कम्पनीको ८४ लाख कित्ता शेयर ३ अर्ब ७० करोड बराबरमा किनबेच भएको नेप्सेले जनाएको छ ।