१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


निर्दोष ठहरिए सन्दीप लामिछाने


2.171k
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् ।

पाटन उच्च अदालतले बुधबार सन्दीपलाई निर्दोष सावित गर्दै सफाइ दिएको हो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शन देव भट्ट र अञ्जु उप्रेती ढकालको ईजलासले काठमाडौ जिल्ला अदालतको फैसला बदर गर्दै सन्दीपलाई निर्दोष ठहर गरेको हो ।

उच्च अदालतको यो फैसलासँगै सन्दीप फेरि क्रिकेटमा फर्किने बाटो खुलेको छ । गत पुष १३ गते काठमाडौ जिल्ला अदालतले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष कैद र ५ लाख जरिवाना गरेको थियो । जिल्ला अदालतले पीडित नाबालिग नरहेको ठहर गरे पनि उनको कमजोर आर्थिक अवस्थाको फाईदा उठाएको तर्क गर्दै सन्दीपलाई दोषी ठहर गरेको थियो ।

गत फागुन १० गते सन्दीप जिल्ला आदालको फैसला विरुद्ध उच्च अदालतमा गएका थिए । यस्तै जिल्ला सरकारी वकीलको कार्यालले पनि गत चैत २ गते सन्दीप विरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो । उच्च अदालतबाट फैसला पूर्णपाठ भने आउन बाँकी छ ।