१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सन्दीप लामिछानेलाई अमेरिका पठाउने


22.659k
Shares

काठमाडौं । उच्च अदालत पाटनबाट सफाइ पाए लगत्तै नेपाल क्रिकेटर संघ (क्यान)ले सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न अमेरिका पठाउने निर्णय गरेको छ ।

फैसला लगत्तै बसेको संघका पदाधिकारीको वैठकले लामिछानेको निलम्बन फुकुवा गरी राष्ट्रिय क्रिकेट टोलीमा समावेश गर्ने निर्णय गरेको हो ।

निलम्बन फुकुवा गरेपछि प्राविधिक पक्षहरु मिलाएर सन्दीपलाई अमेरिका पठाउने निर्णय भएको हो ।

आगामी जुन १ देखि आइसीसी टी–२० विश्व कप क्रिकेट अमेरिकामा सुरु हुँदैछ । आइसीसीले मे २४ तारिखसम्म खेलाडी परिवर्तनको समय दिएको छ । क्यानले यसअघि नै कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।