१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


गाडी चोरी गर्ने गिरोहलाई पक्राउ


0
Shares

काठमाडौं । ललितपुर प्रहरीले रातको समयमा गाडी चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रामेछापको दोरम्बा गाउपालिका वडा नंम्बर ५ का गणेश वहादुर गौतमलगायत रहेका छन् ।

ललितपुरका विभिन्न स्थानमा पार्किङमा राखिएका तीन वटा पिकअप भ्यान चोरी गरेको प्रहरीले बताएको छ । गाडीहरु चोरी भएपछि खोजतलास गर्ने क्रममा ब्याट्री निकालिएको अवस्थामा नैकाप र सतुंगलमा फेला परेको थियो ।

साथै अर्को गाडी धादिङको खानिखोलाबाट बरामद गरिएको पनि प्रहरीले जनाएको छ ।