
काठमाडौं । उच्च अदालत पाटनबाट सफाइ पाए लगत्तै नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेमाथि लगाइएको सबैखाले प्रतिबन्ध फुकुवा गरेको छ ।
क्यान पदाधिकारीको बुधबार बसेको बैठकले सन्दीपमाथि घरेलु तथा अन्तर्राष्ट्रि खेलमा लगाईको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।
प्रतिबन्ध फुकुवासंगै सन्दीपलाई टी–२० विश्वकप खेल्न अमेरिका पठाउने तयारीमा पनि क्यान लागेको छ । निलम्बन फुकुवा गरी राष्ट्रिय क्रिकेट टोलीमा समावेश गर्ने निर्णय गरेको क्यानले प्राविधिक पक्षहरु मिलाएर सन्दीपलाई अमेरिका पठाइने जनाएको छ ।
आगामी जुन १ देखि आइसीसी टी–२० विश्व कप क्रिकेट अमेरिकामा शुरु हुदैछ । आइसीसीले मे २४ तारिखसम्म खेलाडी परिवर्तनको समय दिएको छ । क्यानले यसअघि नै कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्