१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


जसपा नेपालले पार्टी विभाजन कार्यको भण्डाफोर गर्ने


819
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजन कार्य धोखापूर्ण र अनैतिक भन्दै त्यसको भण्डाफोर गर्ने भएको छ ।

पार्टीको केन्द्रीय समितिको बैठकले गरेको निर्णय कार्यान्वयनका लागि बुधबार आन्तरिक परिपत्र गर्दै जसपा नेपालले पार्टीभित्र कहिल्यै सैद्धान्तिक, वैचारिक तथा अन्य विषयहरुमा फरक मत वा विवाद नरहेको अवस्थामा अकस्मात संसदीय दल र पार्टीको नेतृत्व तहमा गुट खडा गरी अशोक कुमार राईको अध्यक्षतामा जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने कार्यको जसपा नेपालले भत्र्सना गरेको छ ।

यस कार्यले पहिचान, संघीयता, लोकतान्त्रिक गणतन्त्र, समावेशीजस्ता मुद्दालाई कमजोर बनाउने काम भएको ठहर गर्दै मधेसी, आदिवासी जनजाती, दलित, थारु, पिछडावर्ग, मुुस्लिम, अल्पसंख्यक, उत्पीडित जाति तथा राष्ट्रियताको मुक्तिको आन्दोलनलाई नै धरापमा पार्ने कार्य भएको समेत बैठकले निष्कर्ष निकालेको छ ।

बैठकले पार्टीलाई एकतावद्ध राख्दै आगामी एकताको राष्ट्रिय महाधिवेशनलाई सफल पार्न पार्टीले जारी गरेको निर्देशिका र निर्वाचनसम्बन्धी कार्यतालिका र कार्यक्रमअनुसार निर्धारित समयमै राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन गरी पार्टी केन्द्रीय कार्यालयलाई जानकारी गराउन भनिएको छ ।