
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्याउन आवश्यक रहेको बताउनुभएको छ ।
बिहीबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा मदन-आश्रित स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो ।
अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पु¥याउनका लागि अघि बढ्नुपर्ने बेला भइसकेको बताउनुभयो । उहाँले कम्युनिष्ट पार्टीलाई बद्नाम गर्ने अनेक प्रयत्नलाई विफल पार्न आवश्यक रहेको बताउनुभयो । उहाँले कम्युनिष्ट पार्टीलाई सबैभन्दा बढी लोकतान्त्रिक पार्टीको रुपमा स्थापित गर्न आवश्यक रहेको पनि बताउनुभयो । उहाँले कम्युनिष्ट शक्तिलाई अधिनायकवादी शक्तिको रुपमा आरोप लगाउनु झुटो आरोप मात्रै हुने जिकिर गर्नुभयो । उहाँले जनताको बहुलदलीय जनवाद समाप्त नभइसकेको बताउनुभयो ।
अध्यक्ष नेपालले मदन भण्डारी र जीवराज आश्रितले छोडेर जानुभएको जिम्मेवारीलाई पूरा गर्न आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्