२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


राष्ट्रिय सभा बैठक शुक्रबारसम्मका लागि स्थगित


533
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बिरोध गरेपछि बिहीबारको राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।

बैठक शुक्रबार १ बजेर १५ मिनेटमा बस्नेगरी स्थगित भएको हो ।

बैठक सुरु भएपछि सभाको कारबाही प्रस्तुत गर्ने क्रममा नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए । कांग्रेसले बिरोध जनाएसँगै राष्ट्रिय सभा अध्यक्षले संसद बैठक शुक्रवार सम्मका लागि स्थगित गर्नुभएको हो ।

सो क्रममा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको ७ वर्षको इतिहासमा नयाँनयाँ पन देखिन थालेको महशुस भएको बताउनुभयो । उहाँले राष्ट्रिय सभामा बिरोध गर्नेकुराले सबैलाई अफ्ठ्यारो भएको र बाहिर नयाँ किसिमको परिचर्चा शुरु भएको बताउनुभयो ।

अध्यक्ष दाहालले नेपाली कांग्रेसलाई सभा सहज रुपमा अघि बढाउनका लागि भुमिका खेल्न पनि आग्रह गर्नुभयो ।