१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


काँग्रेससहित विपक्षी दलहरुको संयुक्त बैठक


2.808k
Shares

congress sher bahadur deuba

काठमाडौं । नेपाली काँग्रेससहित विपक्षी दलहरुको संयुक्त बैठक बसिरहेको छ । काँग्रेसको संसदीय दलको बैठक सकिएलगत्तै काँग्रेसले विपक्षी दलहरुको संयुक्त बैठक बोलाएको थियो ।

नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमै विपक्षी दलहरुको संयुक्त बैठक पनि बसेको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जसपा नेपाल, राप्रपा, लोसपा, नेमकिपा, जनमोर्चा लगायतका नेताहरुलाई बैठकमा बोलाउनु भएको हो ।

प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरुले साझा रणनीति बनाउने उद्देश्यले संयुक्त बैठक बोलाइएको नेपाली काँग्रेसले जनाएको छ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।