१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सरकारले प्राथमिकताको आधारमा बजेट तय गर्नुपर्दछ : नेता रिजाल


221
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने बताउनुभएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणको काम गरिरहेका बेला कांग्रेस नेता रिजालले सो सुझाव दिनुभएको हो ।

शनिबार काठमाडौंमा आयोजित उद्यमशीलता, उद्यमी र बजेट विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता रिजालले सरकारले ल्याउने गरेको बजेट बजेटजस्तो नभएको टिप्पणी पनि गर्नुभयो । पञ्चवर्षीय योजना योजनाजस्तो नभएको उहाँको भनाई थियो । नेता रिजालले सिमित स्रोत भएकाले नेपालले बजेट बनाउँदा प्राथमिकताको क्षेत्र छुट्टयाउनुपर्ने बताउनुभयो । सबैथोक बराबरी समेट्ने कुरा बजेटमा हुनै नसक्ने उहाँको तर्क थियो ।

नेता रिजालले प्राथमिकता तयविना विनियोजन गरिएको बजेटले काम गर्न नसक्ने तथ्य पनि औंल्याउनुभयो ।