१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु


923
Shares

काठमाडौं । तनहुँको बन्दीपुर-२ बट्टारस्थित सुलेरहमा शनिबार पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बन्दीपुर-६ बस्ने २० वर्षीय विनोद गुरुङ र सोही स्थानका अन्दाजी २० वर्षीय हीरा गुरुङको मृत्यु भएको हो ।

६ जना साथी मिलेर पौडी खेल्न गएका मध्ये उनीहरूको डुबेर मृत्यु भएको प्रहरी निरीक्षक मोहनकुमार खड्काले जानकारी दिनुभयो । अन्य चार जना सकुशल रहेका छन् ।