
चितवन । मकवानपुरको मनहरीमा दुई जनाको ज्यान लिएको बाघ मरेको छ । गत शनिबारदेखि बिरामी भएको बाघ आाइतबार मरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
दश वर्षको उमेर रहेको त्यस बाघलाई गत मङ्सिरमा खुट्टामा चोट लागेपछि उद्धार गरी सौराहाको खोरमा राखिएको थियो । खोरमा नै बाघको उपचार भइरहेको थियो ।
चालु आर्थिक वर्षमा चितवनमा सात वटा बाघ मरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । २०२२ को गणनाअनुसार नेपालमा ३५५ बाघ रहेकोमा यस निकुञ्जमा १२८ बाघ छन् ।
प्रतिक्रिया दिनुहोस्