
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेससहितका विपक्ष दलहरुको अवरोधकाबीच प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।
प्रधानमन्त्री दाहालले कांग्रेससहितको विपक्ष दलहरुबो अवरोधका बीच १५८ जना सांसदहरु उपस्थित भएकोमा १५७ जना सांसदले सो प्रश्तावको पक्षमा मतदान गर्नुभएको हो ।
प्रतिनिधि सभामा हाल उपस्थित रहेका सांसदहरुको संख्या मध्ये १५७ मत बहुमत भएकाले प्रधानमन्त्री दाहालले विश्वासको मत प्राप्त गर्नुभएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो । यता विपक्षहरुले मत नहालेकालेले सो प्रश्तावको विपक्षमा जिरो मत परेको थियो ।
प्रतिनिधिको अर्को बैठक जेठ ८ गते मंगलबार बिहान ११ बजे बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्