
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कांग्रेसमाथि धम्की दिएर तर्साउने नखोज्न चेतावनी दिएको छ ।
सोमबार संसद भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकपछिको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले यस्तो बताउनुभएको हो ।
प्रमुख सचेतक लेखकले प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा विश्वासको मत लिने क्रममा कांग्रेसलाई धेरै सहयोग गरेको उल्लेख गर्नुभएको भन्दै कांग्रेसले पनि नेकपा (माओवादी केन्द्र)लाई पनि उत्तिकै सहयोग गरेको बताउनुभयो । उहाँले कांग्रेसलाई माओवादीले भोटको राजनीति सुरु गरेपछि मात्रै सहयोग गरेको भएपनि कांग्रेसले जंगलमा हुँदादेखि माओवादीलाई सहयोग गरेको बताउनुभयो ।
प्रमुख सचेतक लेखकले माओवादीलाई जंगलबाट संसदमा ल्याउने काम कांग्रेसले गरेको बताउनुभयो । उहाँले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएर कांग्रेसलाई तर्साउन नखोज्न चेतावनी दिनुभयो ।
प्रमुख सचेतक लेखकले संसदमा आज भएका गतिविधि शोभनीय नरहेको कांग्रेसको ठहर रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्