८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


कांग्रेसलाई रञ्जिता श्रेष्ठको प्रश्न – प्रधानमन्त्रीले विश्वासको मत माग्दा नाराबाजी गर्नु अर्थपूर्ण हो ?


2.821k
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई प्रधानमन्त्रीले विश्वासको मत माग्दा वेल घेरेर नाराबाजी गर्नु अर्थपूर्ण हो कि होइन भनेर प्रश्न गर्नुभएको छ ।

सोमबार प्रतिनिधि सभा बैठक पछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले प्रधानमन्त्रीले विश्वासको मत लिनु स्वभाविक भएको बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले संसदभित्र प्रक्रिया मिलेर नै आफूहरुले विश्वासको मत दिएको बताउनुभयो । उहाँले प्रतिपक्ष दलहरुले प्रधानमन्त्रीले विश्वासको मत लिनुको अर्थ नभएको टिप्पणी गरिरहेको सन्र्दभमा नेपाली कांग्रेसले नाराबाजी गर्नु अर्थपूर्ण हो त भनि प्रश्न गर्नुभयो ।

यसपघि पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको नागरिक उन्मुक्ति पार्टीले आफ्नो विश्वासको मतलाई निरन्तरता दिएको छ ।