
काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन राष्ट्रिय सहमती आवश्यक रहेको बताउनुभएको छ ।
विस्तृत शान्ति सम्झौतामा सहभागी भएका राजनीतिक दलहरुबीच कम्तिमा पनि सहमती नभई शान्ति प्रक्रियाको काम निष्कर्षमा पुग्न नसक्ने उहाँको निष्कर्ष थियो ।
सोमबार बेपत्ता योद्धा समाज परिवार, नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव गुरुङले विश्वमा शान्ति नचाहने शक्तिहरुले नेपालमा पनि शान्ति प्रक्रियालाई भडकाउने प्रयास गरिरहेको दाबी समेत गर्नुभयो । मुलुकको आन्तरिक मामिलामा चलखेल गरेर उनीहरुले शान्ति प्रक्रियाको बाँकि कामलाई अघि बढाउन नदिएको महासचिव गुरुङले दाबी गर्नुभयो । उहाँले एउटा वा दुई वटा दलले मात्रै चाहेर मुलुकको शान्ति प्रक्रियाको कामले पूर्णता नपाउने बताउनुभयो ।
महासचिव गुरुङले दलहरुबीच राष्ट्र र राष्ट्रियताको सवालमा समान धारणा बनाएर अघि बढ्नुपर्ने खाँचो पनि औंल्याउनुभयो ।
प्रतिक्रिया दिनुहोस्