
फाइल तस्बिर
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले ललितपुरस्थित पाटन दरबारको भ्रमण गर्नुभएको छ ।
पूर्वराजा शाहले सोमबार अपरान्ह पाटन दरबारको भ्रमण गर्नुभएको हो ।
भ्रमणको क्रममा उहाँलाई सयौँ समर्थक तथा शुभचिन्तकहरुले बाजागाजासहित स्वागत गरेका थिए ।
नेपालको राष्ट्रिय झन्डा लिएर उपस्थित भएका समर्थक तथा शुभचिन्तकहरुले पूर्वराजा शाहको जयजयकार समेत गरेका थिए । भ्रमणका क्रममा उहाँले पाटन दरबार क्षेत्रमा रहेका विभिन्न देवी देवताको पुजाआजा गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्