१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जसपा विभाजन विरुद्धको रिटमा आज सुनुवाइ


377
Shares

काठमाडौं । उपेन्द्र यादवको जनता समाजवादी पार्टी नेपालबाट विभाजित भएर गठन भएको जनता समाजवादी पार्टीलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आज पेशी तोकिएको छ । सर्वोच्च अदालतले यही जेठ २ गते उक्त रिटमा अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

न्यायाधीश विनोद शर्माको इजलासले निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न आदेश जारी गरेको थियो । विभाजित पार्टीलाई मान्यता दिने निर्णयसहित उपस्थित हुन सर्वोच्चले निर्वाचन आयोगलाई आदेश जारी गर्दै आजका लागि पेशी तोकेको थियो ।

जसपा नेपालका अध्यक्ष यादवले पार्टी छाडेर गएका सात जना सांसदलाई निलम्वन गर्न माग गर्दै दिएको अर्को रिटमा भने सोमबार सुनुवाइ हुन सकेन । उक्त रिटमाथिको सुनुवाइ हेर्न नभ्याइनेमा परेको थियो ।