४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025


सहकारी छानबिन समितिको कार्यविधि टुंगो लगाउन गठित कार्यदलको बैठक


1.209k
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यविधि टुंगो लगाउन गठित कार्यदलको बैठक बसिरहेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरि नेतृत्वको वैठक कानुन मन्त्रालयमै बसिरहेको हो ।

आजको वैठकमा नेपाली कांग्रेसबाट पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि थपिनु भएको छ । सत्ता तथा प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरुको बैठकले बनाएको कार्यदललाई संसदीय छानबिन समितिको कार्यादेश तय गर्ने जिम्मा दिइएको छ । तर नेपाली काँग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच कार्यादेशमा कुरा नमिल्दा कार्यदल अघि बढ्न सकेको छैन ।

काँग्रेसले गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी ठगी प्रकरण पनि छानविन गर्नुपर्ने अडानमा छ भने रास्वपा उक्त विषयमा प्रवेश नै गर्न चाहेको छैन ।