२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कांग्रेस सहकारी प्रकरणमा संसदीय छानविन समितिको माग गरेर फस्यो : योगेश भट्टराई


4.563k
Shares

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का सचिव एवं सांसद योगेशकुमार भट्टराईले सहकारी प्रकरणमा संसदीय छानविन समितिको माग गरेर नेपाली कांग्रेस फसेको बताउनुभएको छ ।

संसदमा छानविन गर्नका लागि दक्ष जनशक्तिकै अभाव भएकाले पनि नेपाली कांग्रेसले सो विषयलाई न्यायिक जाँचबुझ आयोग बनाएर सुनकाण्डमा जसरी छानविन गर्ने माग गरेको भए उपयुक्त हुने उहाँको जिकिर थियो ।

मंगलवार संघीय संसद भवन परिसरमा सचिव भट्टराईले सञ्चारकर्मीहरुमाझ उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेको निष्कर्ष कसरी निकालेको ? भनेर पनि कांग्रेसलाई प्रश्न गर्नुभयो । अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा त्यस्तै कुनैपनि निकाएले छानविन नगरी गृहमन्त्रीमाथि दोषी करार कांग्रेसले गर्न नमिल्ने उहाँको भनाई थियो । सचिव भट्टराईले छानविनको क्रममा पुष्टि भए उहाँ पनि कारबाहीको भागिदार हुने पनि बताउनुभयो ।

उहाँले संसदमा काँग्रेसले असंसदीय आचरण प्रर्दशन गरिरहेको आरोप पनि लगाउनुभयो ।