२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई आज धनुषा अदालतमा पेश गरिने


117
Shares

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले आज बिहान जनकपुर पुर्‍याएको छ ।

मंगलबार काठमाडौंको थापाथलीस्थित कान्तिपुरको कार्यालयबाटै पक्राउ गरिएका सिरोहियालाई अहिले धनुषा जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । आज उहाँलाई म्याद थपका लागि जिल्ला अदालत धनुषामा उपस्थित गराइनेछ ।

सिरोहियामाथि दोहोरो नागरिकताको आरोप छ । नागरिकता सम्बन्धी कसुरको अनुसन्धानको सिलसिलामा पक्राउ गर्नुपर्ने भएकोले सिरोहियालाई पक्राउ गरिएको उहाँलाई प्रहरीले दिएको पक्राउ पुर्जीमा उल्लेख छ ।

सिरोहियाविरुद्ध धनुषा जिल्ला अदालतले मंगलबार पक्राउ अनुमति दिएको थियो । सिरोहियाले भने सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेको विषयमा समाचार सम्प्रेषण गरका कारण आफुमाथि प्रतिशोध साँधिएको प्रतिक्रिया दिनुभएको छ ।