८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सिरोहियालाई अदालती प्रक्रियाबाट नै पक्राउ गरेका हौं : प्रधानमन्त्री दाहाल


0
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई व्यक्तिगत प्रतिशोधबाट नभइ अदालती प्रक्रियाबाट नै पक्राउ गरेको बताउनुभएको छ ।

बुधबार ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई सम्बोधनपछि सञ्चारकर्मीहरुसको प्रश्नमा उहाँले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले अदालतले उक्त प्रक्रिया अघि बढाउन आदेश दिएपछि नै अदालती प्रक्रियाबाट पक्राउ गरिएको स्पष्ट पार्नुभयो । उहाँले यस विषयमा बढ्ता होहल्ला गर्न जरुरी नरहेको पनि बताउनुभयो । उहाँले कैलाश सिरोहियासँग सरकारको नुकै शत्रुता नरहेको भन्दै उपप्रधान एवं गृहमन्त्री व्यक्तिगत रुपमा लाग्नुभयो भन्ने हल्ला मात्रै रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले अदालती प्रक्रियाबाट सिरोहिया निर्दोष हुने र सहजै छुट्ने बताउनुभयो ।