
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।
पार्टीको बुधबार सानेपास्थित मुख्यालयमा बसेको पार्टी केन्द्रिय कार्य समिति र संसदीय दलको संयुक्त बैठकले यही जेठ १३ गते आइतबार अपरान्ह दिनको २ बजे काठमाडौंको प्रर्दशनीमार्गमा सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको हो ।
पार्टीको काठमाडौं जिल्ला कार्य समितिको आयोजनामा हुने सो प्रदर्शनमा सहभागी हुन पार्टीको भ्रातृ संगठन र सिंगो पार्टी पंक्तिलाई सो प्रदर्शनमा उपस्थिति पनि बैठकले आह्वान गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।
कांग्रेसले संसदीय प्रक्रियालाई मिचेर गलत ढंगले अध्यादेशबाट बजेट ल्याउन लागेको, सहकारी ठगीको विरोध र पीडितको पक्ष र प्रेस स्वतन्त्रताको पक्षमा उभिनका लागि आम जनतालाई आह्वान गर्न सो बिरोध प्रदर्शनको कार्यक्रम आयोजना गर्न लागिएको पनि उहाँले बताउनुभयो ।
नेपाली कांग्रेसले सरकारले प्रतिशोध साँधेर कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको जिकिर गर्दै त्यसप्रति निन्दा र भत्र्सना पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्