
काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले ठूलो परिमाणमा लागुऔषध खैरोहेरोइन सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर हेटौडा उपमहानगरपालिका– ३ का समुन्द्र साह र अमिर वानिया रहेका छन् ।
वीरगञ्ज महानगरपालिका शंकराचार्य गेटस्थित सडकखण्ड्मा यस कार्यालय मातहत प्रहरी चौकी ईनरुवाबाट खटिएको नियमित चेकिङ टोलीले स्कुटीलाई रोकी जाँच गर्दा सिटमुनी लुकाइ राखेको प्लाष्टिकको झोलाभित्र लागु औषध खैरो हिरोईन १ सय ५१ ग्राम र अफिम १ सय ५४ ग्राम बरामद गरेको थियो ।
उनीहरूविरुद्द लागु औषध सम्बन्धी कसूरमा पर्सा अदालतबाट ५ दिनम्याद लिइ थप अनुसन्धान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कुमोद ढुङ्गेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्