१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मुगुमा जीप दुर्घटना हुँदा ११ जना घाइते


299
Shares

काठमाडौं । बाजुराबाट विद्यार्थी बोकेर रारा तालतर्फ गइरहेको जीप मुगुमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

मुगुको खत्याड गाउँपालिका–२ को शेरीजाम भन्ने ठाउँमा जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएका विद्यार्थीहरुलाई उपचारका लागि रातापानी प्राथमिक स्वास्थ चौकी लगिएको छ । बाजुराको कोल्टीस्थित जनप्रकाश माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक भ्रमणका लागि रारा लैजाने क्रममा जीप दुर्घटनामा परेको हो ।