
बर्दिया । बाघको आक्रमणबाट बर्दियामा एक युवतीको मृत्यु भएको छ ।
बाँसगढी नगरपालिका वडा नं–४ मगरपुरमा बाघको आक्रमण परि अन्दाजी ३५ बर्षीया मनिशा रोकायको मृत्यु भएको बाँसगढी सब–डिभिजन वन कार्यालयका वन अधिकृत राम गणेश साहले जानकारी दिनुभयो ।
जनचेतना सामुदायिक वन उपभोक्ता समूह वनक्षेत्र नजिक बिहीबार दिउँसो करिब २ बजेतिर शौच गर्न गएको बेला युवतीलाई बाघले आक्रमण गरेको मृतककी दिदीलाई उद्धृत साहले बताउनुभयो ।
बाँकेको कोहलपुर घर भएकी रोकाया दिदीको घरमा भेटघाट गर्न गएकी थिइन ।
प्रतिक्रिया दिनुहोस्